सिटीमाथि चेल्सीको उत्कृष्ट जित

एजेन्सी । इंग्लिस प्रिमियर लिग फुटबलमा चेल्सीले शीर्ष स्थानको म्यानचेस्टर सिटीलाई पराजित गरेको छ ।शनिबार राति भएको खेलमा चेल्सीले सिटीलाई २-१ गोल अन्तरले पराजित गरेको हो ।सिटीको घरेलु मैदानमा सुरुवाती एक गोलको अग्रता उल्टाएर चेल्सीले जित निकालेको हो ।चेल्सीलाई जित दिलाउन हाकिम जिएच र मार्कोस अलोन्सोले एक एक गोल गरे ।सिटीका रहिम स्ट्रर्लिङले एक गोल फर्काए ।

रोमान्चक बनेको खेलको ४४ औं मिनेटमा स्ट्रर्लिङले गोल गर्दै सिटीलाई अग्रता दिलाएका थिए ।पहिलो हाफको इन्जुरी समयमा सिटीले अग्रता दोब्बर बनाउने मौका पायो ।तर, सर्जियो अग्युरोले पेनाल्टीमा गोल गर्न सकेनन् । अग्युरोको प्रहार चेल्सीका गोलकिपर एडुवार्ड मेन्डीले उत्कृष्ट बचाउ गरे ।खेलको ६३ औं मिनेटमा जिएचले गोल गर्दै चेल्सीलाई १-१ गोलको बराबरीमा फर्काए ।त्यसपछि खेलको इन्जुरी समय अलोन्सोले गोल गर्दै चेल्सीलाई २-१ को जित दिलाए ।

जितसँगै चेल्सीले ३५ खेलमा ६४ अंक जोडेको छ । चेल्सी तेस्रो स्थानमा रहेको छ ।हारसँगै सिटीलाई भने उपाधि जित्न अर्को खेल कुर्नु पर्ने भएको छ ।उपाधि नजिक रहेको सिटी ८० अंक जोडेर शीर्ष स्थानमा रहेको छ ।सिटीलाई उपाधि जित्न मात्र एक जितको आवश्यकता रहेको छ ।

اترك تعليقاً

لن يتم نشر عنوان بريدك الإلكتروني. الحقول الإلزامية مشار إليها بـ *

Scroll to Top