मेस्सी र ग्रिजमनको गोलमा बार्सिलोनाको पूनरागमन जित

एजेन्सी – कप्तान लियोनेल मेस्सी र एन्टोइन ग्रिजमनले गोल गरेपछि क्याटलान क्लब बार्सिलोनाले स्पेनिस ला लिगामा भ्यालेन्सियामाथि पूनरागमन जित निकालेको छ ।बार्सिलोनाले एक गोलले पछि परेको अवस्थामा ३–२ को पूनरागमन जित निकालेको हो । बार्सिलोनाको जितमा मेस्सीले दुई तथा ग्रिजमनले एक गोल गरे । घरेलु टोली भ्यालेन्सियाका गाब्रियल पाउलिस्टा र कार्लाेस सोलेरले गोल फर्काए । सबै पाँच गोल दोस्रो हाफमा सम्भव भएको थियो

भ्यालेन्सियामा आइतबार राति भएको प्रतिस्पर्धात्मक खेलको ५०औं मिनेटमा गाब्रियल पाउलिस्टाको गोलबाट घरेलु टोलीले खेलमा सुरुवाती अग्रता लिएको थियो । उनले कार्लाेस सोलेरको पासमा गोल गरेका थिए । तर भ्यालेन्सियाको त्यो अग्रता लामो समय टिकेन । एक गोलले पछि परेपछि बार्सिलोनाले १२ मिनेटको अन्तरमा तीन गोल गर्दै खेलमा अग्रता लिन सफल भएको थियो ।

मेस्सीको चिप प्रहारलाई टोनी लाटोले पेनाल्टी बक्समा ह्यान्ड गरेपछि ५७औं मिनेटमा मेस्सीले पेनाल्टी चुकाएपनि त्यसमै रिवाउन्डमा मेस्सीले गोल गर्न सफल भएका थिए । मेस्सीको पेनाल्टीलाई जस्पर सिलेसनले बचाउँदा रिवाउन्डमा सर्जियो बुस्क्वेट्सले क्रस गरेको बललाई पेड्रीले प्रहार गर्दा गाब्रियलले गोल लाइनबाट बचाएपनि रिवाउन्डमा मेस्सीले गोल गर्न सफल भएका थिए ।

اترك تعليقاً

لن يتم نشر عنوان بريدك الإلكتروني. الحقول الإلزامية مشار إليها بـ *

Scroll to Top